२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ

स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ


काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पटक-पटक विवादमा आएपछि सञ्चारकर्मी प्रवेशमा कडाइ गरिएको छ । बुधबारदेखि मन्त्रालयले कोभिड—१९ संक्रमणको कारण देखाउँदैं मन्त्रालय प्रवेशमा सञ्चारकर्मीलाई कडाइ गरेको हो ।

बुधबार बसेको मन्त्रालयको उच्च अधिकारीको बैठकले मन्त्रालयका प्रवक्ता, मन्त्रीका विज्ञ सल्लाहकार र निजी सचिवको स्वीकृती बिना सञ्चारकर्मी मन्त्रालय छिर्न नदिने निर्णय गरेको स्रोतले जानकारी दियो । जसलाई भेट्ने हो त्यसलाई कन्फर्म गरेपछि मात्रै मन्त्रालयमा छिर्न पाइनेछ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले सञ्चारकर्मीले समाचारका लागि  प्रवक्तासँग समन्वय गर्नुपर्ने बताए । उनले कोभिड-१९ का कारण भेटघाटमा कडाइ गरिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ