२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुन प्रदेशका कति कोरोना संक्रमित, यी हुन संक्रमित भेटिएका २१ जिल्ला

कुन प्रदेशका कति कोरोना संक्रमित, यी हुन संक्रमित भेटिएका २१ जिल्ला


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार कपिलवस्तु र बाँकेमा १/१ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २१९ पुगेको हो ।

 नेपालका ७ वटा मध्ये ६ वटा प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । यस्तै, २१ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार प्रदेश १ मा हालसम्म संक्रमितको संख्या ३५ जना पुगेको छ । प्रदेश १ का तीन जिल्ला झापा, भोजपुर र उदयपुर जिल्लामा संक्रमण पुष्टी भएको छ । यस्तै, प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९६ पुगेको छ । यस प्रदेशका ७ वटा जिल्ला सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संक्रमित फेला परेका छन् ।

देशको राजधानी रहेको बाग्मती प्रदेशमा कुल संक्रमितको संख्या ९ जना पुगेको छ । यो प्रदेशका काठमाडौं, भक्तपुर, धादिङ र चितवन गरी ४ जिल्लामा संक्रमित फेला परेका छन् । यस्तै, गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । ती दुवै जना बाग्लुङ जिल्लाका रहेका छन् ।

प्रदेश ५ मा ४ जिल्लाका ७२ जनामा संक्रमण देखिएको छ । यो प्रदेशमा रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया जिल्लामा संक्रमण देखिएको छ । सुदूरपश्चिममा २ जिल्ला कैलाली र कन्चनपुरमा ५ जनामा संक्रमण पुष्टी भएको छ । त्यहाँका ५ जना संक्रमित नै निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म नेपालमा २१९ कोरोना संक्रमित भेटिएकामा ३५ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ