२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकाका कोभिड-१९ को उच्च जोखिममा रहेका १० हजारको बिहिबारबाट परीक्षण गरिने

उपत्यकाका कोभिड-१९ को उच्च जोखिममा रहेका १० हजारको बिहिबारबाट परीक्षण गरिने


काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा  १० हजार जनाको कोभिड-१९ परीक्षण गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार जाच्ने काम बिहिबारबाट सुरु हुनेछ ।

विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले कोभिड-१९ को जोखिम क्षेत्रमा रहेर काम गरिरहेका उपत्यकाका १६ वटै पालिकामा स्थानीय तहको समन्वयमा जाँच गर्न लागिएको जनाए ।

उनको अनुसार पहिलो लाइनमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापनमा जुटेका कर्मचारी, सागसब्जी व्यापारी, संचारकर्मी, अतिआवश्यक सेवामा खटिएका व्यक्तिहरु र कोभिड-१९ को सहयोग वितरणमा संलग्न व्यक्तिहरु प्रथमिकतामा पर्ने छन् ।

सरकारले पिसिआर र आरडिटि दुवै तरिकाबाट जाँच गर्ने तयारी गरेको महानिर्देशक श्रेष्ठले जनकारी दिए । ‘हामी ¥याडम रुपमा दुवै प्रविधीको माध्यमबाट जाँच गर्नेछौं  ।, ’हेल्थ आवाजसँग महानिर्देशक श्रेष्ठले भने, ‘३३ प्रतिशत पिसिआर हुन्छ ६६ प्रतिशत आरडिटि गर्ने योजना छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ