२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो


काठमाडौँ –  नेपालमा कोभिड-१९ संक्रमितको संख्या २ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  थप २४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।  बुधाबार विहान र साँझ गरेर एकैदिनमा २६ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार साँझ रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ११ जनामा र नवलपरासीमा १ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।  नवलपरासीमा कोरोना संक्रमण पहिलो पटक देखिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ