२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं र कपिलवस्तुमा २ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं र कपिलवस्तुमा २ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो


काठमाडौं-काठमाडौं र कपिलवस्तु थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बिहीबार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

काठमाडौंमा चन्द्रागिरी निवासी एक जना ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ पुष्टी भएको छ । यस्तै, कपिलवस्तुमा ६ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखिएको छ ।

बिहीबार बिहान ७ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । जसमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् ।

*नोट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको विवरण सच्याएकाले यो समाचार यसअघि धनुषा, महोतरी र सर्लाहीका ५ जना कोरोना संक्रमित भनिएकोमा उक्त विवरण सच्याइएको छ । 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ