२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा प्राविधिक त्रुटि भएको स्पष्ट, कोरोना संक्रमितको संख्या २४५ नै

स्वास्थ्य मन्त्रालयद्वारा प्राविधिक त्रुटि भएको स्पष्ट, कोरोना संक्रमितको संख्या २४५ नै


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या २५० पुगेको भनी सार्वजनिक गरेको तथ्यांक गलत रहेको पाइएको छ । मन्त्रालयले बिहीबार विहान सर्लाही, महोत्तरी र धुनषामा थप ५ जना संक्रमति फेला परेको तथ्यांक सार्वजनिक गरेको थियो ।

उसले यससँगै कोभिड—१९ संक्रमितको संख्या २५० पुगेको विवरण सार्वजनिक गरेको थियो । तर, प्राविधिक त्रुटिका कारण ५ जनाको संख्या दोहोरिन गएको भन्दैं मन्त्रालयले नेपालमा कोभिड—१९ संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ । ‘अद्यावधिक विवरण अनुसार कोभिड—१९ का पुष्टी भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ,’ मन्त्रालयले भनेको छ, ‘पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टी भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउँछु ।’

मंगलबार नै स्वास्थ्य मन्त्रालयले धनुषा २ जना, महोत्तरीमा २ जना र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको विवरण सार्वजनिक भएको थियो । सोही विवरण मन्त्रालयले बिहीबार विहान पुनः दोहो¥याएर सार्वजनिक हुन गएपछि उक्त विवरण मन्त्रालयले सच्चाएको हो ।

मन्त्रालयको सोही सूचनाका आधारमा हेल्थआवाजले यसअघि संक्रमितको संख्या २५० पुगेको समाचार प्रकाशित गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ