२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसहायक सिडिओले नै कोरोना संक्रमित नर्सको परिचय सार्वजनिक गरेपछि…

सहायक सिडिओले नै कोरोना संक्रमित नर्सको परिचय सार्वजनिक गरेपछि…


काठमाडौं–पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत कोभिड—१९ संक्रमित नर्सको परिचय सार्वजनिक गरेपछि नारयाणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले अपमानित भएको जनाएका छन् ।

फ्रन्टलाइनमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मी संक्रमित हुनु् स्वभाविक रहेको भन्दै वार्ड नै तोकेर नर्सको परिचय सार्वजनिक भएपछि सामाजिक बहिष्करणमा पर्ने भय उत्पन्न भएको बताएका छन् । ‘हामी दिन रात नभनी बिरामीको सेवामा खटिने, हामी उच्च जोखिममा छौं भन्ने हामीलाई थाहा छ,’ नारायणी अस्पतालकी एक नर्स भन्छिन्, ‘जिम्मेवारीमा बसेका व्यक्तिहरुबाटै हौसला चाहिने बेलामा भेदभाव देखिने गरी परिचय नै सार्वजनिक गरिदिदा कम गर्ने जोश नै मरेर गएको छ ।’

स्वास्थ्यकर्मीले कोभिड—१९ नियन्त्रण जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी समक्ष आपत्ति जनाएपछि सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले फेसबुकबाट उक्त स्टाटस हटाएका छन् ।

उनले बुधवार आफ्नो फेसबुकमा नारायणी अस्पतालको पेडियाट्रिक (बाल) वार्डमा काम गर्ने ३६ वर्षकी नर्स संक्रमित भएको उल्लेख गरेका थिए । ‘एक जना वर्ष ३६ की पेडियाट्रिक नर्सिङ स्टाफ’ उनले लेखेको पोष्टमा सो उल्लेख थियो । मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पतालमा कार्यरत नर्समा कोभिड—१९ संक्रमण भएको सार्वजनिक भएसँगै कोभिड अस्पतालमा काम गर्ने चिकित्सक नर्स र स्वास्थ्यकर्मीका लागि राखिएको होटलले पनि खाना खुवाउन नसक्ने भन्न थालेको एक चिकित्सकले जानकारी दिए । ‘प्रत्यक्ष रुपमा अस्पताललाई नै राख्दैनौ त भनेका छैनन्,’ उनले भने, ‘अब ख्वाउन नसकिने भयो भनेर हाम्रा चिकित्सक तथा नर्सहरुलाई भन्न थालेका छन् रे ।’

नर्सिङ स्टाफलाई कोभिड—१९ संक्रमण भएपछिको हल्लाले अन्य चिकित्क, नर्स तथा स्वास्थ्यकर्मीको परिवार र छरछिमेकबाट फरक ढंगले हेर्न थालेको ती चिकित्सक बताउँछन् । ‘यहाँ त कोभिड—१९ संक्रमित भनेको अपराधी हो भन्ने खालको भएको छ । उनीहरुको उपचारमा संलग्न अपराधीका संरक्षक हुन् भन्ने खालको सन्देश छ,’ ती चिकित्सकले दुःख पोख्दै भने, ‘संक्रमित स्वास्थ्यकर्मीको परिचय खुलाइदिएपछि अरुको मनोविज्ञान कस्तो होला ?’

७१ जना संक्रमित अस्पतालमा, १८ जना विद्यालयमा

देशकै सबैभन्दा बढी कोभिड—१९ संक्रमित रहेको पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा वेड कम भएपछि यसअघि सम्भावित संक्रमित रहेको क्वारेन्टाइनलाई नै लक्षणविहिन संक्रमितलाई राख्ने निर्णय गरेको छ ।

सोहीअनुसार मंगलबार राति कोभिड—१९ पुष्टी भएका १८ जना र बुधबार पुष्टी भएका १ जना संक्रमितलाई त्यही राखेर निगरानी गरिरहेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । ‘अस्पतालमा ठाउँ अभाव भएपछि समन्वय समितिको बैठकले अब सामान्य किसिमका संक्रमितलाई यसअघि क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा नै राख्न थालिएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ