२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं, धादिङ र धनुषामा थपिए ३ जना संक्रमित, संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं, धादिङ र धनुषामा थपिए ३ जना संक्रमित, संक्रमितको संख्या २४९ पुग्यो


काठमाडौं-काठमाडौं, धादिङ र धनुषामा एक-एक जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, धादिङ र धनुषामा एक-एक जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाबमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले  जानकारी दिए ।

उनकाअनुसार काठमाडौं दहचोक निवासी ७ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै धादिङ निवासी ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

धनुषाको जनकपुर निवासी १७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको उनले बताए । बिहीबार साँझ ३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । जसमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ