२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो

बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो


काठमाडौं-बाँके र मकवानपुरमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा ८ र मकवानपुरमा १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार बाँके नैनानपुर ०१, ०३ र ०५ निवासी ८ जना पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार संक्रमितहरु १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय छन् ।

यस्तै, काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टी भएको छ । मकवानपुरमा कोरोना पुष्टी भएको यो पहिलो पटक हो ।

शुक्रबार विहानै थप ९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । जसमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ