२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना नियन्त्रण बारे सुझाब दिँदै लेखे वर्तमान स्वास्थ्य मन्त्रीलाई पत्र

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना नियन्त्रण बारे सुझाब दिँदै लेखे वर्तमान स्वास्थ्य मन्त्रीलाई पत्र


काठमाडौँ – पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना रोकथाम तथा नियन्त्रण र आगामी बजेट कार्यक्रमको बारे ध्यानाकर्षण गराउँदै वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पत्र लेखेका छन्।

उनले महामारीको संकटको समयमा मान्त्रालयले आफ्नो नेतृत्वको साथसाथै कुशलता देखाउने बेलामा झनै कोरोना नियन्त्रणमा गरिरहेको कामको गति सुस्त भएको र लकडाउनको सही सदुपयोग नभएको भन्दै जनाएका छन् । उक्त पत्रमा उनले आफुले स्वास्थ्य मन्त्रालय सम्हाल्न पाउँदा पाएको अनुभवको आधारमा स्वास्थ्य प्रणालीलाई सबल र प्रभावकारी बनाउन सरकारले ध्यान दिनुपर्ने भन्दै भन्दै ९ बुँदे  सुझाब पत्रमार्फत उल्लेख गरेका छन् ।

यस्तै, कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेको कदम प्रयाप्त नभएको भन्दै उनले युद्धस्तरमा काम गरेर महामारीको सङ्कटलाई कम गर्न सकिने सुझाब दिएका छन्।

उनले आफुले पद सम्हालेको बेला अध्ययन गरी केहि निर्णय गरेको र कार्यान्वयनको चरणमा पुगेर निरन्तरता नपाएको केहि विषयलाई सरकारले आगामी बजेट वीनियोजनका लागि सामबेश गराउन पत्रमार्फत अनुरोध गरेका छन्।

स्वास्थ्य क्षेत्रको पुनर्संरचना, एकिकृत स्वास्थ्य पूर्वाधार मापदण्ड र परियोजना कार्यान्वयन, कानूनी संरचना निर्माण र कार्यान्वयन, सुपथ मुल्यमा गुणस्तरीय औषधिको उपल्बधता, स्वास्थ्य बिमा, साझेदारी र सहकार्य र कार्यदक्षताका आधारमा प्रोत्साहन प्रणाली आगामी मन्त्रालयको बजेट तथा विनियोजनमा समाबेश गरी कार्यान्वयन गर्न सुझाब दिएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ