२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिना अनुमति संक्रमितको जिन अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई दिएको भन्दै एनएचआरसीले माग्यो स्पष्टिकरण

बिना अनुमति संक्रमितको जिन अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई दिएको भन्दै एनएचआरसीले माग्यो स्पष्टिकरण


काठमाडौँ –  बिना अनुमति संक्रमितमा पाइएको सार्स-कोभ-२ भाइरसको जिनेटिक सिक्वेन्सिङ अनुसन्धान रिपोर्ट ‘अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी’को जर्नलमा प्रकाशित भएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्पष्टिकरण मागेको छ।

नेपालला पहिलो संक्रमितको जिन परीक्षणको नजिता नेपालको कानुन र अन्तर्राष्ट्रिय मान्यता विपरित विदेशीलाई संलग्न गरी वैज्ञानिक लेख प्रकाशन भएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रोपिकल अस्पतालका केहि चिकित्सकसँग एनएचआरसीले गएको गएको सोमबार स्पष्टिकरण मागेको हो।

उक्त सार्वजनिक जर्नलमा नेपालका तर्फबाट अनुसन्धानकर्ताको रुपमा राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. रुना झा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका प्रमुख डा. बासुदेव पाण्डे, डा. विवेककुमार लाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. अनुप बाँस्तोला, डा. हेमन्तचन्दा ओझाको नाम समावेश गरिए पछि उक्त टोली विवादित बनेको छ।

उक्त टोलीलाई एक साताभित्र आफ्नो जवाफ नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा पेस गर्न परिषदले निर्देशन दिएको छ। अनुसन्धान परिषदको अनुमति विना कुनै पनि मानब स्वास्थ्य सम्बन्धि कार्य गर्न नहुने भन्दै परिषदले स्पष्टिकरण मागेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ