२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका नयाँ १९ कार्यक्रमका लागि २८ अर्ब ३१ करोड ८२ लाख बजेट प्रस्ताव

स्वास्थ्यका नयाँ १९ कार्यक्रमका लागि २८ अर्ब ३१ करोड ८२ लाख बजेट प्रस्ताव


काठमाडौं—सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ  कार्यक्रमका लागि २८ अर्ब ३१ करोड ८२ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

उक्त बजेटमा १९ बुँदा समेटिएको छ । बजेटमा अधिकांश कार्यक्रमहरुको निरन्तरता रहेको छ । मन्त्रालयले आकस्मिक शल्यक्रिया र प्राथमिक ट्रमा उपचार सेवाका लागि बढी जोखिमयुक्त स्थान अत्तरिया, राकम कर्णाली, लमही, कुरिनटार, वालिङ, पथलैया र इटहरी रहेका स्वास्थ्य संस्थाहरूमा ट्रमा युनिट स्थापना गरी सेवा संचालन गर्ने भएको छ ।

नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने नीति अनुरूप हालसम्म ५५१ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएको छ । कुल जनसंख्याको १० प्रतिशत जनसंख्या यसबाट लाभान्वित भएका छन् ।

प्रत्येक प्रदेशको कम्तीमा एक अस्पतालबाट विशिष्टकृत स्वास्थ्य सेवा उपलब्ध गराई विशिष्टकृत स्वास्थ्य सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गरिने नीतिअनुरूप संघअन्तर्गतका अस्पतालहरू कोशी, भरतपुर, नारायणी, भेरी र डडेलधुरा अस्पतालमा सेवा विस्तार गर्ने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ