२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिको भए ३६ कोरोना संक्रमित, २४ घण्टामा थप १३१६ वटा नमूना परीक्षण

निको भए ३६ कोरोना संक्रमित, २४ घण्टामा थप १३१६ वटा नमूना परीक्षण


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ३६ रहेको जनाएको छ। शुक्रबार मन्त्रालयद्वारा आयोजित नियमित व्रिफ़िङमार्फत मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

प्रवक्ता देवकोटाले दिएको अध्यावधिक विवरणअनुसार पीसीआर विधिबाट गरिएको नमूना परीक्षण १६ हजार ८ सय ९८  र आरडीटी विधिबाट ५६ हजार ६ सय ५७ पुगेको छ। २४ घण्टाभित्र थप १ हजार ३ सय १६ वटा परीक्षण भएको छ। हाल १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा र आइसोलेसनमा रहेका सम्भावित संक्रमित १ सय ६६ रहेका छन् ।

शुक्रबार थप ९ संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ