२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ नियन्त्रण सरकारको पहिलो प्राथमिकता

कोभिड—१९ नियन्त्रण सरकारको पहिलो प्राथमिकता


काठमाडौं—सरकारले कोभिड—१९ नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ । शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले कोभिड—१९ को संक्रमणबाट चाडोभन्दा चाडो मुक्त हुनेतर्फ सरकारले सबै कदम चाल्ने जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कोभिड—१९ नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताइन् ।

सरकारले कोभिड—१९ नियन्त्रणका लागि परीक्षण बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, औषधी उपकरण पर्याप्त उपलब्धता गराउने र स्वास्थ्यकर्मीलाई व्यापक रुपमा परिचालन गरिने भएको छ । नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपतिले सरकार कसैको पनि ज्यान जान नदिन गम्भीर भएर लागेको समेत उल्लेख गरिन् ।

कोभिड—१९ पुर्‍याएको क्षतिलाई कम गर्न कोभिड—१९ नियन्त्रणपछि थप रणनीति बनाएर सरकार अगाडि बढ्नेछ । जसमा महामारीका कारण रोजगारी गुमाएका गरिब, विपन्न, मजदूरलगायतलाई केन्द्रीत गरेर स्वास्थ्य, शिक्षा र रोजगारीका विशेष कार्यक्रम ल्याउने सरकारको नीति तथा कार्यक्रममा छ । यदि अनपेक्षित रुपमा महामारी लम्बिएमा नयाँ रणनीति बनाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ