२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी


काठमाडौं–चितवन, बर्दिया, सिराहा, पर्सा र सर्लाहीमा कोरोना भाइरस (कोभिड-१९) का ६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश ५ को बर्दिया नार्खु-११ का १ जना  २८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश २ को सिरहा सखुवा-१९ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । सिराहामा पहिलोपटक कोरोना देखिएको हो ।

यस्तै, पर्साको वीरगन्ज-१२ का २ जना २८ र २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । ्र

बागमती प्रदेशको चितवन गढौली-१ निवासी २५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार बिहान ६ जना नयाँ संक्रमित थपिएको बताउँदै उनीहरुको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कका रहेको बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ