२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७ सुरक्षाकर्मी, ३ स्वास्थ्यकर्मी र ४ सञ्चारकर्मीमा कोभिड—१९ संक्रमण

७ सुरक्षाकर्मी, ३ स्वास्थ्यकर्मी र ४ सञ्चारकर्मीमा कोभिड—१९ संक्रमण


काठमाडाैं–नेपालमा कोभिड—१९ संक्रमित २ सय ७८ पुग्दै गर्दा त्यसकै नियन्त्रणका लागि फ्रन्टलाइन (अग्रमोर्चा)मा खटिएर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चार संक्रमित हुनेको क्रम बढ्दै गएको छ ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार ७ जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ को संक्रमण पुष्टी भइसकेको छ ।

पुष्टी हुनेहरुमा सुरक्षाकर्मीतर्फ २ जना नेपाली सेनाका जवान, शशस्त्र प्रहरीका १ जना सई र २ जवान, नेपाल प्रहरीका १ सई, १ जवान र राष्ट्रिय अनुसन्धानतर्फका १ असई कोभिड—१९ बाट संक्रमित भएका छन् ।

कोभिड—१९ संक्रमितको उपचारमा अग्रमोर्चामा खटिने ३ स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । जसमा कपिलवस्तु र पर्साका एक—एक जना नर्स रहेका छन् भने एक जना वीरगन्जका फर्मासिष्ट छन् ।

कोभिड—१९ संक्रमितको समाचार संकलनमा जुटेका चार पत्रकार पनि कोभिड—१९ बाट संक्रमित भएका छन् । जसमा पर्साका दुई जना, जनकपुरका १ जना र उदयपुरका १ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ