२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवामा कोरोना ‘पोजेटिभ’ पुष्टि

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवामा कोरोना ‘पोजेटिभ’ पुष्टि


काठमाडौं—बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको पुष्टि भएको छ । भारतबाट फर्केका उनी बाँकेमा क्वारेन्टाइनमा रहेका बेला आइतबार विहान मृत्यु भएको थियो । यो नेपालमा कोरोनाबाट भएको दोस्रो मृत्यु हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार बाँकेको नरैनापुर—५  नयाँवस्तीका २५ वर्षका पुरुषको क्वारेन्टाइनमा रहेका बेला मृत्यु भएको हो । उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए ।

‘बैशाख ३० गते भारतबाट आएको हिस्ट्री छ । गएराति स्वास्थ्यमा समस्या भयो । ज्वरो, झाडा पखालालगायतका समस्याहरु देखियो । आज विहान ६ः४० मिनेटमा निधन भएको छ,’ उनले भने, ‘उहाँको स्वाब लिइएको थियो, उहाँको स्वाबको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यसबारे थप विवरण आउन बाँकी छ । अहिलेलाई हाम्रो देशमा दुईवटा निधन कोरोना पोजेटिभबाट पुष्टि भएको छ ।’

भेरी अस्पतालको प्रयोगशालामा ती युवाको थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पुष्टी भएको हो ।

रोजगारीका शिलशिलामा मुम्बई पुगेका उनी ३० बैशाखमा भारतबाट नेपाल फर्किएका थिए । भारतबाट फर्केपछि मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यसअघि बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । आइतबार बाँकेमा २५ वर्षीय युवकको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ