२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो, थपिए ९ जना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो, थपिए ९ जना संक्रमित


काठमाडौं-नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३०४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ संक्रमितको संख्या ३०४ पुगेको जानकारी दिएको हो ।

आजमात्रै राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमितहरुमा रौतहट इशनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै, रौतहटकै माधवनाराण ३ निवासी २८ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

बाराको करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ