२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिमानी कोषद्धारा नेपाल चिकित्सा संघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

हिमानी कोषद्धारा नेपाल चिकित्सा संघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


काठमाडौँ – हिमानी कोषले नेपाल चिकित्सा संघ(एनएमए)लाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। सोमबार कोषले कोरोनाको उपचारमा खटिएका चिकित्सकहरुका लागि चिकित्सा संघमार्फत मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर हस्तान्तरण गरेको हो ।

हिमानी कोष कार्यालय, बालुवाटारस्थित आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कोषले ५ हजार थान केएन ९५ मास्क, थान स्यानीटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्की र कोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई प्रदान गरेको हो । संस्थाकी अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपाल बाहिर रहेकोले संस्थाका कर्मचारीहरुले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

कोषबाट प्राप्त स्वास्थ्य सामाग्री आजैबाट वितरण गरिने एनएमएका अध्यक्ष डा. कार्कीले जनाए।

हिमानी कोष र एनएमएले आपसि सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९-बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । यसको साथै हिमानी कोष र नेपाल मेडिकल एशोसियसनबीच स्वास्थ्यका सेवालाई यागदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्ने समेत तयारी भएको छ । सहकार्यका विषयहरु तय गरी केही समयभित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले जनाए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ