२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि

बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि


काठमाडौं—नेपालमा ५३ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको पुष्टि भएको छ । सोमबार धुलिखेल प्रयोगशाला र नेपालगन्ज प्रयोगशाला, विराटनगर प्रयोगशाला, भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गर्दा ४७ जनाका कोरोना भाइरस पुष्टी भएको छ । जसमध्ये ४६ जना पुरूष र एक जना महिला रहेका छन् ।

यस्तै, धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । धुलिखेलमा धनुषा, रौतहट, दाङ र धादिङका १/१ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको हो ।

भैरहवास्थित प्रयोगशामा गरिएको परीक्षणमा गुल्मीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना पुरूषमा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ