२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् कोरोना संक्रमण देखिएका ३६ जिल्ला, कहाँ कति संक्रमित ?

यी हुन् कोरोना संक्रमण देखिएका ३६ जिल्ला, कहाँ कति संक्रमित ?


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या ४०२ पुगेको छ । मंगलबार मात्रै ललितपुरका १, काठमाडौंमा ३, झापामा ९, मोरङमा १, सुनसरीको १, कपिलवस्तुमा ४, सर्लाहीमा २, मकवानपुरमा १, सिन्धुलीमा १, रामेछापमा १, लमजुङमा १, नवलपरासीको १ र भक्तपुरमा १ गरी २७ जनामा संक्रमण देखिएको हो । संक्रमितहरुमध्ये ३ सय ४० पुरुष र ६२ महिला रहेका छन् ।

यससँगै नेपालमा कोभिड—१९ संक्रमितको संख्या ३ सय ८६ पुगेको हो । मन्त्रालयको तथ्यांकअनुसार मुलुकभरमा ३६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। सोमबार कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा पुष्टि भएपछि  ७ वटै प्रदेशमा कोरोना संक्रमित देखिएका हुन् ।

प्रदेश १ मा हालसम्म संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ का ७ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र खोटाङ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३५ पुगेको छ । यस प्रदेशका ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संक्रमित फेला परेका छन् ।

देशको राजधानी रहेको बाग्मती प्रदेशमा कुल संक्रमितको संख्या २७ पुगेको छ । यो प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, रामेछाप, धादिङ, चितवन, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर गरी ९ जिल्लामा संक्रमित फेला परेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा तीन जिल्ला लमजुङ, बाग्लुङ र नवलपरासी पूर्व गरेर ६ जनामा संक्रमण देखिएको छ । प्रदेश ५ मा १ सय ७४ जनामा संक्रमण देखिएको छ । ६ जिल्लामा कोरोना संक्रमण देखिएको यो प्रदेशमा दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र गुल्मीमा संक्रमण देखिएको हो । सुदूरपश्चिममा ५ जना छन् जिल्ला कैलाली र कन्चनपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँका ५ जना संक्रमित नै निको भएर घर फर्किसकेका छन् ।

कर्णाली प्रदेशमा १ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रदेशको दैलेख जिल्लामा एक पुरुषलाई संक्रमण देखिएको हो ।

अहिलेसम्म नेपालमा ४०२ जनामा कोरोना संक्रमित भेटिएकामा ३७ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म दुई जना संक्रमितको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #today's corona update


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ