२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय र विभागका नियमित काममा आउने सबै कर्मचारीको कोरोना परीक्षण गरिने

स्वास्थ्य मन्त्रालय र विभागका नियमित काममा आउने सबै कर्मचारीको कोरोना परीक्षण गरिने


काठमाडौं–स्वास्थ्य सेवा विभागले कोभिड–१९ नियन्त्रणमा नियमित काममा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कोभिड–१९ जाँच गर्ने भएको छ ।

जाँच गरिएको रिपोर्ट नआउन्जेल विभागले कुनै होटल लिएर आफै क्वारेन्टाइन राख्ने भएको हो । काममा खटिएका कर्मचारीलाई राख्नका लागि होटलको खोजी गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले जानकारी दिए । ‘हाम्रो गाइडलाइनअनुसार नै फिल्डमा खटिएका कर्मचारीको पिसिआर जाँच गर्ने हो,’ उनले भने, ‘रिपोर्ट नआउन्जेल उहाँहरुलाई कुनै होटलमा व्यवस्थापन गर्ने सोच बनाएका छौं ।’

परीक्षणको रिपोर्ट आएपछि यदि पोजेटिभ आएमा उपचारका लागि अस्पताल पठाइने र रिपोर्ट नेगेटिभ आए १४ दिनसम्म घरमै सेल्फ आइसोलेसनका लागि पठाउने तयारी गरिएको छ । १४ दिनपछि पुनः परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा सामेल गराउने तयारी गरिएको डा. पाण्डेले जानकारी दिए । विभागमा कार्यरत एक चिकित्सकमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार ती चिकित्सक स्वास्थ्य मन्त्रालय पनि आएका थिए । त्यो सँगै स्वास्थ्य मन्त्रालय नियमित आउने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय भएको मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए ।

मन्त्रालय स्रोतकाअनुसार परीक्षण गरिएको सबै कर्मचारीको रिपोर्ट नआउन्जेल उनीहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । तर, कहाँ राख्ने भन्ने विषयमा अझै छलफल भैरहेको स्रोतले जानकारी दियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ