२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीको क्रिमसन अस्पतालले भन्यो, ‘कोराेना स‌क्रमित बिरामी मृत्युको खबर भ्रामक’

रुपन्देहीको क्रिमसन अस्पतालले भन्यो, ‘कोराेना स‌क्रमित बिरामी मृत्युको खबर भ्रामक’


काठमाडौं-रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको भन्ने कुरा भ्रामक रहेको भन्दैं खण्डन गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको भेन्टिलेटर सपोर्टमा आईसीयु कक्षमा उपचार भैरहेको जनाएको छ ।

उक्त अस्पतालमा उपचाररत गुल्मी मदानेका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टी भएको थियो । अस्पतालले ४१ वर्षीया ती बिरामीको उपचार जारी रहेका बेला सामाजिक सन्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको पनि उल्लेख गरेका छ ।

‘सामाजिक सन्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्नु हुन सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसियु कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भैरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँदछौं,’ अस्पताले आफ्नो विज्ञप्तिमा भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ