२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोनाबाट चिकित्सक सहित ८ स्वास्थ्यकर्मी संक्रमित

नेपालमा कोरोनाबाट चिकित्सक सहित ८ स्वास्थ्यकर्मी संक्रमित


काठमाडाै- नेपालमा हालसम्म काेराेना (काेभिड १९) का कारण ८ संक्रिमत हुने  स्वास्थ्यकर्मीकाे संख्या ८ पुगेकाेछ ।
संक्रमित हुनेमा १ चिकित्सक, ४ नर्स, ३ पारामेडिक्स तर्फका स्वास्थ्यकर्मी रहेका छन् ।

मंगलवार स्वास्थ्य सेवा विभाग अन्र्तगत कन्ट्रयाक ट्रेसिङ्गमा खटिएका करारका एक चिकित्सकलाइ कोविड १९ पुष्टी भएको थियो । उनि रुपन्देही कन्ट्रयाक ट्रेसिङ्ग गरी काठमाडौ फर्किएका थिए ।

मंगलवारनै धनकुटामा थप एक नर्समा काेविड १९ देखीए संगै विरामीको उपचारमा संलग्न ४ नर्सिङ्ग स्टाफलाइ पनि कोविड १९ पुष्टी भएको छ । पुष्टी हुने नर्समा नारायणी अस्पतालको कोविड १९ संक्रमितको उपचारमा संलग्न १ जना, कपिल्वस्तु जिल्ला अस्पतालमा कार्यरत १ जना र धनकुटा जिल्ला अस्पतामा कार्यरत २ जना रहेका छन् ।

त्यसैगरी अहिलेसम्म पारामेडिक्स तर्फका ३ जना स्वास्थ्यकर्मीहरुमा कोविड १९ पुष्टी भएको छ । जसमा एक जना विरगञ्जका औषधी पसल संचालन गरीरहेका फार्मासिष्ट रहेका छन् भने २ जना जिल्ला अस्पताल धनकुटामा कार्यरत अहेव रहेका छन् ।
कोरोनाबाट संक्रमित ८ मध्ये कपिलबस्तु जिल्ला अस्पतालमा कार्यरत नर्स भने कोविड १९ संक्रमण मुक्त भइसकेकि छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अस्पतामा, #धनकुटा, #पारामेडिक्स, #स्वास्थ्यकर्मी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ