२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविहानै थपिए १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४४४ पुग्यो

विहानै थपिए १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४४४ पुग्यो


काठमाडौं-नेपालमा थप १७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ४४४ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला धरान र कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनकाअनुसार झापा कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ