२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्रिमशन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

क्रिमशन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु


काठमाडौँ – नेपालमा थप एक संक्रमितको निधन भएको छ। प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुपदेहीको क्रिमशन अस्पतालमा उपचारत गुल्मीका ४१ वर्षीय पुरुषको बिहिबार विहान ७ :३०मा  मृत्यु भएको जनाएको हो।

विगत केहि दिन देखि उनको भेन्टीलेटरमा उपचार भइरहेको थियो। उनको शवलाई जलाउने वा गाडेर अन्त्यष्टि गर्ने भन्ने बारे छलफल भइरहेको र निर्देशिका आएपछि अन्त्यष्टि गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जनाए।

यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ। गत साता सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुष गरी दुई सक्रमितको मृत्यु भएको थियो।

हालसम्म नेपालमा ४५३ मा कोरोना पुष्टि भएको छ। जसमध्ये ४९ जना निको भइसकेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ