२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। बिहिबारको नियमति व्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापाका ८ र रुपन्देहीको १ जनामा थप कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

यस सँगै संक्रमितको संख्या ४५३ पुगेको छ। जसमध्ये ४९ जना संक्रमित घर फर्किएका छन् । बिहिबार थप ४ जना संक्रमित ठिक भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाकाअनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमण ३८ जिल्लामा देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ