२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो


काठमाडौं नेपालमा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनकाअनुसार सर्लाहीको गोडैता नपा- ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका निवासी १५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र २८ वर्षीया महिला रहेका छन् ।

यस्तै, कपिलवस्तुको वाणगंगा र मायादेवी नगरपालिका-८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया पुरुष रहेका छन् ।

नवलपरासी वर्दघाट सुस्ता पूर्वका विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी सुस्ता गाउँपालिका-५ र रामग्राम नपा-३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

चितवनको भरतपुर नगरपालिका-६ केसरबाघ  निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ