२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। शुक्रबारको नियमित व्रिफिंङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीमा ३, डडेल्धुरामा १, बैतडीमा १, बाँकेमा १४ र मोरङमा १ जना गरी २० जनामा कोरोना पुष्टि भएको हो।

 डडेल्धुरा र बैतडीमा पहिलोपटक संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ। हालसम्म ४० जिल्लामा कोरोना संक्रमण पाइएको छ ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ