२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीमा थप ७ सहित नेपालमा एकैदिन थपिए ५७ जना कोरोना संक्रमित

रुपन्देहीमा थप ७ सहित नेपालमा एकैदिन थपिए ५७ जना कोरोना संक्रमित


काठमाडौं–रुपन्देहीमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवास्थित प्रयोशालाका प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीको गैडहवा गाउँपालिकाका ७ जना पुरुषमा संक्रमण देखिएको बताए ।

यससँगै नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार विहानै ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

विहान सर्लाहीका १५ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये १४ जना पुरुष र एक महिला रहेका थिए । यस्तै, कपिलवस्तुको वाणगंगा र मायादेवी नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी वर्दघाट सुस्ता पूर्वका विनय त्रिवेणीका ४५ वर्षीय पुरुष, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नपा-३, १८ का दुई जना पुरुष र १ जना महिलामा कोरोना देखिएको थियो । यस्तै, चितवनको भरतपुर नगरपालिका ६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

दिउँसो स्वास्थ्य मन्त्रालयले थप २० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो । जसमध्ये सूदूरपश्चिमको कैलालीमा ३ जना, बैतडीमा १ जना र डडेल्धुरामा एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै, बाँकेमा  १८ वर्षदेखि ६१ वर्षसम्मका १४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । १४ जनामध्ये १३ जना नरैनापुरका र १ जना राप्ती सेनारीका रहेका छन् । मन्त्रालयले मोरङको रतुवामाई-२ का १ जना पुरूषमा पनि कोरोना देखिएको पुष्टी गरेको छ ।

शुक्रबार विहान ३० जना, नियमित पत्रकार ब्रिफिंगमा २० जना र भर्खरै रूपन्देहीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या ५१४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ