२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाँकेमा नयाँ २८ सहित आजै थपिए ७७ संक्रमित, जम्मा ५ सय ८४

बाँकेमा नयाँ २८ सहित आजै थपिए ७७ संक्रमित, जम्मा ५ सय ८४


काठमाडाै– बाँकेमा थप २८ जना सहित पछिल्लो २४ घण्टामा ७७ जनामा कोविड १९ संक्रमण थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो समय बाँकेमा २८, सुर्खेतमा ३, बर्दिया १, झापा १ र सेती अस्पतालमा रहेका बैताडिका ३ जनामा संक्रमण देखीएको छ ।

पछिल्लो २४ घण्टामा कपिलबस्तु ८, सर्लाही १३, वारा ७, काठमाडौ १, रुपन्देही ८, भरतपुर १, मकवानपुर १, भक्तपुर र सप्तरी १ नया संक्रमित थपिएका छन् ।

२४ घण्टामा  थपिएका ७७ सहित संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बाँके


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ