२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७ जनामा देखियो कोरोना संक्रमण

थप ७ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ मा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पर्सामा ३ जना, बारामा १ जना, रौतहटमा १ जना र सर्लाहीमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै, प्रदेश नं. १ मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पतालमा रहेको प्रयोगशाला गरिएको परीक्षणमा *मोरङ १ जनामा कोरोना पोजेटिभ देखिएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

यसअघि शनिबारमात्रै ७७ जना कोरोना संक्रमित थपिएका थिए । आइतबार थप ७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

*यसअघि  समाचारमा मोरङमा १ जना थप हुनुपर्ने भएकामा झापा भएकाले सच्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ