२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनुवाकोट र काठमाडौँमा सहित थप १९ जनामा कोरोना संक्रमण

नुवाकोट र काठमाडौँमा सहित थप १९ जनामा कोरोना संक्रमण


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। आइतबारको नियमित व्रिफिंङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

प्रवक्ता डा. देवकोटाकाअनुसार मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगन्ज पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, रुपन्देही गैडाहवाका २३, ३० र ४० वर्षीय पुरुष, कपिलबस्तु खैराते ३ का ३५, ३७ र ५२ पुरुष, काठमाडौँ सोह्रखुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष, गुल्मी मदाने गाउँपालिकाका एक पुरुषमा गरी १९ जनामा कोरोना पुष्टि भएको छ ।

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यससँगै संक्रमितको संख्या ६ सय ३ पुगेको छ। हालसम्म ४२ जिल्लामा कोरोना संक्रमण पाइएको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ