२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो


काठमाडौं—थप १९ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार प्रदेश १ को मोरङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै,  प्रदेश २ को  बारामा १ जना, पर्सामा ३ जना, रौतहटमा १ जना, सर्लाहीमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा १ जना, नुवाकोटमा १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश ५ को रुपन्देहीमा ६ जना, कपिलवस्तु ३ जना र गु्ल्मीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार थप १९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको कुल संख्या ६०३ पुगेको हो । जसमा पुरुष ५ सय २४ जना पुरुष ७९ जना महिला रहेका छन् । जसमध्ये ८७ जना निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ