२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाद्वारा कोभिड—१९ का बिरामीलाई पौष्टिक खाद्यान्न प्रदान

नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाद्वारा कोभिड—१९ का बिरामीलाई पौष्टिक खाद्यान्न प्रदान


बुटवल—नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको स्टोर शाखालाई कोभिड—१९ का बिरामीका लागि स्वास्थ्यवर्द्धक पौष्टिक खाद्यान्न हस्तान्तरण गरेको छ । आइतबार संघले बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोभिड—१९ का बिरामीका लागि उक्त खाद्यान्न हस्तान्तरण गरेको हो ।

संघले कोभिड—१९ का बिरामीका लागि च्वानप्रास, हर्लिक्स, पौष्टिक झोललगायतका सामाग्री उपलब्ध गराएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामनासहित संघको लुम्बिनी शाखाले उक्त सामाग्री प्रदान गरेको हो ।

संघको लुम्बिनी शाखाका अध्यक्ष डा. समीर आचार्य, उपाध्यक्ष डा. प्रकाश बस्नेत, महासचिव डा. सागर न्यौपाने, संघका केन्द्रीय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुरली, लुम्बिनी शाखाका केन्द्रिय सदस्य डा. रुद्ध भण्डारीले खाद्य सामाग्री संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र स्टोर प्रमुख बबीत बजियमयलाई हस्तान्तरण गरेका थिए ।

उक्त सामाग्री हर्लिक्स यसोदा फुड प्रोडक्सनका प्रबन्ध निर्देशक नरीश्वर पौडेलले संघको शाखालाई उपलब्ध गराएका थिए । स्वास्थ्यवरद्धक सामाग्री हस्तान्तरणको संयोजन डा. सम्राट पराजुलीले गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ