२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७२ जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या ६७५

थप ७२ जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या ६७५


काठमाडौं—नेपालमा थप ७२ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप ७२ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धनुषाको नगराइन नपा—३ का ३ जनाका कोरोना संक्रमण देखिएको छ । यस्तै, कपिलवस्तुको शिवराज नपा—४,५, ६ का ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, काठमाडौंको टोखा नगरपालिका ३ र ६ नंंम्बर वडा तथा बुढानिलकण्ठ नगरपालिकाको ३ नं. वडाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनकाअनुसार जनवास्थ्य प्रयोगशालामै गरिएको परीक्षणमा बाराको कलैया कोटवाली—१ का २ जनामा र रौतहटको राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ । सप्तरीको डाक्नेश्वरीको गापाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपापलिका ७ का ४ जना र बर्दिया बाँसगढी—९ का १ जनामा संक्रमण देखिएको हो ।

हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २१ जनामा कोरोना संक्रमण देखिएको छ । ती बाराका गढिमाई नगरपालिकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै भेरी अस्पताल नेपालगन्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाका कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै दैलेख डुंगेश्वर गाउँपालिका र नारायण नगरपालिका रहेका छन् । संक्रमितमध्ये ४ पुरुष र एक महिला रहेका छन् ।

यस्तै, सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना देखिएको छ । ती दुवै दैलेखको गुराँस गाउँपालिकाका रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ