२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररौतहट र बारामा एकैदिन देखियो ४९ जनामा कोरोना संक्रमण

रौतहट र बारामा एकैदिन देखियो ४९ जनामा कोरोना संक्रमण


काठमाडौं—रौतहट र बारामा एकैदिन ४९ जनाका कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार रौतहटमा २६ जना र बारामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवाको २, ६, ८ र इशनाथ २ का गरी २६ जनामा कोरोना देखिएको हो । यस्तै, बाराका कलैया नगरपालिका कोटवाली—१ क २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाराको गढिमाई नगरपालिकाका २१ जनाका कोरोना पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ