२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, १ सय १२ निको भएर घर फर्किए

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, १ सय १२ निको भएर घर फर्किए


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेशनल मेडिकल कलेजमा वीरगन्जमा ७० वर्षीया वृद्धको मृत्यु कारण कोरोना भएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिए । डा. देवकोटाकाअनुसार २ जेठमा अस्पतालको आईसीयुमा उपचार भएका ती बिरामीको ४ जेठमा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालयले थप ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । जसमा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछाम मेल्लेख गाउँपालिकाका ३२ वर्षीय एक जना पुरुषमा कोरोना देखिएको छ । यस्तै, भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा बर्दिया गुलरियाका २२, २४ र १८ वर्षीय ३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जनामा र कलैयामा कार्यरत काठमाडौं घर भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । संक्रमितमध्ये ६०२ जना पुरुष र ८० जना महिला छन् ।

जसमध्ये ११२ जनाको संक्रमित निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ