२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली

कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजना मिलेर कोरोनालाई जित्न सकिने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोनाको महामारी केहि समयसम्म रहने हुँदा सबै मिलेर लागि पर्दा मात्रै जित्न सकिने बताएका हुन्।

यसको साथै उनले महामारीबाट जोगिन सरकार लागि परेको बताए। ‘कोरोनाको सामाना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा छ।, ‘उनले भने, ‘सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको छ।’

उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए । त्यस्तै, उनले कोरोना संक्रमण हुन् नदिन खानेकुरा स्वच्छ-सफा बनाएर खान, शारीरक व्यायाम गर्न र आफु बसेको ठाउँ तथा वरपर सरसफाई गर्न अपिल गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ