२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री ढकाल ५ दिनदेखि ‘होम क्वारेन्टाइन’मा

स्वास्थ्यमन्त्री ढकाल ५ दिनदेखि ‘होम क्वारेन्टाइन’मा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका थिए ।

ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । आफूले भेटेका ती बिरामीमा कोभिड—१९ पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् ।

‘उहाँ आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु दुई दिनअघि भेट्न जानुभएको थियो,’ मन्त्रालय स्रोत भन्छ, ‘हुनत भेट्दाखेरि पीपीई लगाएरै भेट्नुभएको हो । तर, पनि बिरामीलाई पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउँदैं मन्त्रीज्यू होम क्वारेन्टानइमा बसिरहनु भएको छ ।’

होम क्वारेन्टाइनमा रहेका कारण सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल अनुपस्थिती रहेका थिए । मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि कोभिड—१९ संक्रमण सुरु भएपछि शनिबार पनि मन्त्री ढकाल मन्त्रालय आउने गरेका थिए ।

५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार विहान (आज) लिइएको छ । जसको रिपोर्ट आज साँझसम्म आउने स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ