२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ सैनिकसहित २८ जनामा कोरोना पोजेटिभ देखियो

२ सैनिकसहित २८ जनामा कोरोना पोजेटिभ देखियो


काठमाडौं—प्रदेश २ मा  २ जना  नेपाली सेनामा कार्यरतसहित थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । मंगलबार प्रदेश २ का रौतहट, बारा र महोत्तरीमा थप २८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

रौतहटका २१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै, महोत्तरीमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै बारामा थप ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बाराको ५ जना कोरोना संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् । उनीहरुलाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा लगिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ