२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२

थप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। मङ्गलबारको नियमित व्रिफिंङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हो । जसमा महोत्तरी २ जना, जुम्ला घर भएर हाल बारामा कार्यरत नेपाली सेनाका २ जना, बाराका ३ जनामा पनि कोरोना देखिएको छ । रौतहट २२ जनामा पनि कोरोना संक्रमण देखिएको छ । सिरहाका ५ जनामा र धनुषाका १ जनाका पनि कोरोना परीक्षण पुष्टि भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । दाङस्थित  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये कपिलवस्तुमा २ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना र रुपन्देहीका १ जना रहेका छन् ।

कैलालीस्थित सेती प्रयोगशालामा गरिएको परीक्षणमा अछाम र कैलालीका १/१ जनामा कोरोना पुष्टि भएको छ ।  पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा स्याङजाका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये  संक्रमित सबै १२ जना नै सुर्खेतका रहेका छन् ।

यससँगै संक्रमितको संख्या ७७२ पुगेको छ। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमण पाइएको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ