२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन थप ७७ जनामा देखियो कोरोना पोजेटिभ

एकैदिन थप ७७ जनामा देखियो कोरोना पोजेटिभ


काठमाडौं—झापा, रौतहट, बाग्लुङ, मकवानपुर, रुकुम र दाङमा गरी थप ७७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । बुधबार विराटनगरस्थित प्रयोगशाला, जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, हेटौडास्थित प्रयोगशाला र पोखरास्थित प्रयोगशाला गरिएको परीक्षणमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जसमा राैतहटमा ३५ जना, झापामा १७ जना, बाग्लुङमा ६ जना, मकवानपुर १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, रुकुम र दाङ गरी १८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

रौतहटका ३५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २८ जना र हेटौडास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा गौर नगरपालिकाका ८ जना, इशनाथ नगरपालिकाका १६ जना र देवाहीगोनाही नगरपालिकाका २ जना, कटरिया नगरपालिकाका २ जना, गढिमाई नगरपालिकाका ७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।

यस्तै, मकवानपुरको हेटौडामा पनि एक जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा बाग्लुङ ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा कोरोना संक्रमण देखिएको हो । बाग्लुङ बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना, तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना पुरुषमा पनि कोरोना गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङ र रुकुमका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापाका १७ जनामा कोरोना पोजेटिभ आएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको कचनकवल गाउँपालिका १५  जना र गौरादह नगरपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ