२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन थपिए ११४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो

एकैदिन थपिए ११४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो


काठमाडौं—नेपालमा एकैदिन ११४ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना भाइरस पुष्टी भएको हो । जसमध्ये रौतहटका १८ जना, बाराका ८ जना र सिरहा २ जना रहेका छन् । यस्तै, हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना देखिएको हो । जसमध्ये ७ जना रौतहटका र १ जना मकवानपुरका रहेका छन् ।

धरानस्थित प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ । विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये झापाको कचनकवल गाउँपालिका १५ र गौरादह नगरपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा कोरोना संक्रमण देखिएको हो । बाग्लुङ बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना, तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना पुरुषमा पनि कोरोना गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १५ जना र रुकुम पूर्वका ३ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १६ जनामा पनि कोरोना पुष्टि भएको छ ।

बुधबार थप ११४ मा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ