२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना पोजेटिभ देखिएका ललितपुरका ५६ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि

कोरोना पोजेटिभ देखिएका ललितपुरका ५६ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएका ललितपुरका १ जना ५६ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना पोजेटिभ देखिएका ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको  मृत्यु भएको पुष्टि गरे ।

‘अहिलेसम्म नेपालका कोभिड—१९ संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु हुनेको संख्या ५ पुगेको छ,’ उनले भने, ‘उहाँ ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष हुनुहुन्छ ।’

डा. देवकोटाकाअनुसार ती पुरुष १२ जेठमा स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए । उनको १४ जेठ बुधबार निधन भएको हो । यससँगै नेपालका कोरोना संक्रमण पुष्टि भएका ५ जनाको मृत्यु भएको  छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ