२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड


काठमाडाैं-सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ पु¥याएको छ । बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सरकारले कोरोना रोकथाम गर्न औषधी उपकरण खरिदका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ ।

कोभिड—१९ मा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको ५ लाखसम्मको निःशुल्क स्वास्थ्य विमा गरिने उनले उल्लेख गरे ।

त्यसैगरी, काठमाडौंमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल खोल्न १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहितका थप गर्नको लागि १२ अर्ब ४६ करोड विनियोजन भएको छ ।
स्वास्थ्य विमालाई थप विस्तार गर्न ७ अर्व ५० करोड बिनियोजन गरिएको छ ।

स्थानीय तहमा ५ देखि १५ बेडका थप २ सय ७२ बटा अस्पताल निर्माण गर्न १४ अर्व विनियोजन गरिएको छ ।

‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउन ५ अर्ब रकम बिनियोजन गरिएको छ ।

यस वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । बजेटको उद्धेश्यमा नै कोभिड—१९ संक्रमणबाट सामान्यीकरण गराउने रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ