२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा ऐतिहासिक बजेट : स्वास्थ्यका १८ महत्वपूर्ण कार्यक्रम, के मा कति बजेट ?

स्वास्थ्यमा ऐतिहासिक बजेट : स्वास्थ्यका १८ महत्वपूर्ण कार्यक्रम, के मा कति बजेट ?


काठमाडौं—विश्व नै कोभिड—१९ महामारीसँग लडिरहेका बेला नेपाल सरकारले पनि स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

स्वास्थ्यलाई केन्द्रित गरेर ल्याइएको बजेटमा स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गर्दै ९० अर्ब ६९ करोड बनाइएको छ । यसअघि स्वास्थ्यको बजेट ६७ अर्ब रहेको थियो ।

४० प्रतिशत नागरिकलाई स्वास्थ्य विमामा समाहित गर्न ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । जसमा गत वर्ष ६ अर्ब रुपैयाँ रहेको थियो । महिला स्वयंसेविका सेविकाको यातायात भता दोब्बर बनाइने पनि अर्थमन्त्री खतिवडाले बताए । यस्तै सरकारले एकीकृत एम्बुलेन्स सेवा पनि थालनी गर्ने भएको छ ।

१. कोभिड—१९ मा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको बिमा, कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब

२. काठमाडौंमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल खोल्न १२ अर्ब ४६ करोड

३. उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहितका थप गर्नको लागि १२ अर्ब ४६ करोड

४. ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउन ५ अर्ब

५. राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने

६. कान्ति बाल अस्पतालमा थप आईसीयु बनाइने

७. निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यस्वस्था

८. विपद्का बेला निजी क्षेत्रका अस्पतालालाई उपयोगमा ल्याउन सकिने व्यवस्था

९. निरोगी नेपाल अभियान चलाइने

१०. राष्ट्रिय रोग निदान केन्द्रको  (सिडिसी) र खाद्य तथा औषधि एडमिनिष्ट्रेसन (एफडीए) स्थापना गर्ने

११. कोरोना उपचारका लागि तत्काल चाहिने औषधी उपकरणका लागि ६ अर्ब

१२. स्वास्थ्य पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड

१३. केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क

१४. आगामी वर्ष नेपाल पूर्ण खोपयुक्त घोषणा गर्ने

१५. तीन वर्षदेखि सबैको स्वास्थ्य विमा र सबै स्थानीय तहलाई ४० प्रतिशत विमाको दायरामा ल्याउन ७ अर्ब

१६. स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड

१७. प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने

१८. सबै प्रदेशमा आधुनिक प्रयोगशाला


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ