२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमण बढ्दो, आजमात्रै थपिए १७० जना संक्रमित

कोरोना संक्रमण बढ्दो, आजमात्रै थपिए १७० जना संक्रमित


काठमाडौं—नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाअनुसार झापाका २८ जना, सप्तरीका ४ जना, बाराका ४, पर्साका ५ जना, सर्लाहीका ५ जना,  म्याग्दीका १ जना, कपिलबस्तुका ५१ जना, बाँकेका १० जना, नवलपरासी बर्दघाटका २, रौटहटका ५६, रुपन्देहीका १ र दाङका २ जनामा थप संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले मुलुकभर गरेर हाल १ हजार जना रहेको र क्‍वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेको बताएका छन् । पछिल्लो समय नेपालले कोरोना परीक्षण प्रयोगशालाको संख्या र परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमित पुष्टि हुने संख्या पनि बढिरहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको हो । जसमध्ये २०६ संक्रमितले कोरोना विरुद्धको लडाइ जितेका छन् । आजमात्रै १९ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले थप एक जना संक्रमितको मृत्यु भएको जनाएको छ । गए राति अर्घाखाँची भूमिकास्थान नगरपालिका, ९ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । भारतमा काम गर्दै आएका उनी गत जेठ १० गते नेपाल प्रवेश गरेपछि जेठ १ गते उनको स्याम्पल परीक्षण गर्दा रिपोर्टमा कोरोना पोजेटिभ आएको हो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ