२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयद्वारा थप एक संक्रमितको मृत्यु भएको पुष्टि

मन्त्रालयद्वारा थप एक संक्रमितको मृत्यु भएको पुष्टि


काठमाडौँ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गए राति निधन भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुष कोरोना संक्रमित रहेको जनाएका हुन्।

उक्त मृतक गत जेठ १० गते भारतबाट नेपाल आएका थिए। गत जेठ १० गते नेपाल आइपुगेका उनको जेठ १ गते गरिएको स्याम्पल परीक्षण गर्दा रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, शुक्रबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको हो । जसमध्ये  २०६ संक्रमित निको भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ