२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसप्तरीमा ९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ४२ पुग्यो

सप्तरीमा ९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ४२ पुग्यो


जनकपुर-प्रदेश न.२ का सप्तरीमा एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले वताए ।

९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । आज विहान थपिएका सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।

आज विहानसम्म सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । तर जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव देखिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । अन्य संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राखिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले वताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ